free website hit counter

खाडीका मूलुकमा कोरोना संक्रमित नेपालीको संख्या बढ्यो

beemaadmin
२०७७ बैशाख २१, आईतवार

काठमाडौँ । नेपालीहरुको ठूलो रोजगार गन्तव्यको रुपमा रहेका खाडी मूलुकमा रहेका नेपालीमा कोरोना संक्रमण दर बढ्न थालेको छ । साउदी अरबको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयकाअनुसार उनीहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको छ । कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले संक्रमित सबै नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए ।
साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता नखुलाए पनि महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली रहेको पौडेलले बताएका छन् ।
उनले बिरामी, कम्पनीको आधिकारिक प्रतिनिधि (पिआरओ) र चिकित्सकसँग नियमित सम्पर्कमा रहेको बताए । बिरामीमध्ये ५० वर्षीय एक कामदारलाई भने विशेष निगरानीका लागि आईसीयुमा राखिएको छ । अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ ।
३४ मध्ये २ जना निको भइसकेको छ । १८ जना अस्पतालमा छन् । १५ जना पनि निको हुने चरणमा रहेकोले अस्पतालबाट क्‍वारेन्टाइनमा सारिएको पौडेलले बताए । संक्रमितमध्ये तीनवटा सप्लाई कम्पनीमा २१ जना, एउटा चक्लेट कम्पनीमा ९ र एउटा सुपरमार्केटमा ४ जना कार्यरत छन् । साउदीमा यसबाहेक पनि नेपाली संक्रमित छन् । राजधानी रियादस्थित नेपाली दूतावासको क्षेत्रधिकार पर्ने रियाद, दमाम, जुवेल, खोवरमा संक्रमित नेपालीको सख्या खुलाइएको छैन । त्यस क्षेत्रमा संक्रमित नेपाली दूतावासको सम्पर्कमा छन् ।
साउदीमा शनिबार पनि १३ सय ६२ जनालाई पोजिटिभ देखिएको छ । हालसम्म साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ । जसमध्ये ३७ सय ६५ जनालाई निको भएको छ । एक सय ७६ जनाको मृत्यु भएको छ । त्यस्तै कुवेतमा शनिबार थप ३ नेपाली संक्रमित भएका छन् । योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ७७ पुगेको छ । कुवेतका जिलिप र महावुल्ला क्षेत्रमा बस्ने नेपाली बढी संक्रमित भइरहेको छ । संक्रमित नेपालीले उपचार चित्ताबुझ्दो रहेको बताए ।
अहिलेसम्म सबैभन्दा बढी बहराइनमा नेपालीको संक्रमितको सख्या १२६ जना पुगेको छ । मलेसियामा भने ३ संक्रमित छन् । कतारले भने अहिलेसम्म राष्ट्रियता खुलाएको छैन । कतारमा शनिबार ७ सय ७६ जना कोभिड–१९ का संक्रमित भएका छन् । कतारमा अहिलेसम्म एक लाख एक हजार ७ सय २८ जनाको कोरोना जाँच भएको छ । कतारमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार