free website hit counter

खानेपानी व्यवस्थापन वोर्डमा यसकारण राणाकै निरन्तरता

beemaadmin
२०७६ चैत्र ७, शुक्रबार

काठमाडौं । उपत्यकाको खानेपानीको व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको उपत्यका खानेपानी व्यवस्थापन बोर्डको नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइएको छ । केही दिनअघि बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि खुल्ला आह्वान गरिएको थियो । जसबमोजिम वर्तमान कार्यकारी निर्देशकसहित सात जनाले आवेन दिएका थिए । आवेदन दिएकामध्ये चार जना सर्ट लिस्टिङमा परेका छन् । छनोट प्रक्रियामा डा. सञ्जिवविक्रम राणा, सुर्दशन भण्डारी, अजुर्नबाबु ढकाल र सुरेश आचार्य परेका छन् । उनीहरुमध्येबाट एकजना कार्यकारी निर्देशक बन्ने छन् ।

जसका लागि खानेपानी मन्त्रालयले केही दिनभित्रै प्रस्ताव लाने तयारी गरेको छ । सातमध्ये आवश्यक प्रक्रिया नपुगेका कारण नरायण विसी, रुद्र गौतम र भुपेन्द्रप्रसाद अर्याल छनोट प्रक्रियाको पहिलो चरणबाटै बाहिरिएका हुन् । सिफारिशमा परेकामध्ये डा. सञ्जिवविक्रम राणालाई कार्यकारी निर्देशक बनाउनु पर्ने मत मन्त्रालयभित्र र बाहिर प्रबल रहेको छ । प्रतिस्पर्धामा रहेका चारै जनाको आ–आफ्ना दावी छन् । तर डा. राणाले यहि वोर्डमा पाँच वर्षे कार्यकाल विना विवाद सम्पन गरि एक वर्ष थप कार्यकाल सकिनै लाग्दा खानेपानी व्यवस्थापन वोर्डले पाँच वर्षका लागि दरखास्ता आह्वान गरेको र आफ्नो कार्यकाल सफल रुपमा सम्पन्न गरेकै कारण राणाको सम्भावना प्रबल बनेको हो ।

खानेपानी कै विषयमा विद्यावारिधी गरेका, पहिलो र थपिएको एक वर्षे कार्यकाल कुशलतापूर्वक निर्वाह गरेका कारण राणाका अगाडि अन्य प्रतिस्पर्धीहरु कमजोर देखिएका कारण राणा नै कार्यकारी निर्देशकमा दोहोरिने सम्भावना रहेको मन्त्रालयका एक अधिकारीले बताएका । खानेपानी क्षेत्रमा ३० वर्ष भन्दा लामो समय बिताइसकेका राणा कुनै पनि विवादमा परेका छैनन् । कर्मचारीका अलावा सरोकारवाला निकायका कर्मचारी र निकायसँग समन्वय गरी क्षमता भएका कारण पनि उनको निरन्तरता सरोकारवाला निकायहरुले पनि चाहेका हुन् ।

मेलम्चीको पानी काठमाडौ आउनै लागेका समयमा वोर्डमा नयाँ मानिस ल्याउदा आयोजना कार्यान्यवन निर्देशनालय, काडमाडौं खानेपानी लिमिटेड र मेलम्ची विकास समिति वीचको अहिलेसम्मको सन्तुलन कायम राख्न एवं उपत्यकाको खानेपानी व्यवस्थापनलाई अझ मजबुद बनाउनका लागि राणाको विकल्प खोज्न नहुने मत बलियो छ । उनको कार्यकालमा उपत्यकाका प्राकृतिक खानेपानीका स्रोतहरुको संरक्षण गर्ने कार्यको शुरुआत भएको छ भने उपत्यकाका सबै नगरपालिकाका खानेपानीका प्राकृतिक स्रोतको संरक्षण गर्ने क्रममा काठमाडौं, ललितपुर र मध्यपुर ठिमी नगरपालिकासँग सम्झौता समेत भइसकेको छ । मेलम्चीको खानेपानी उपत्यकामा आएपछि त्यसले उपत्यकाको खानेपानीको मागलाई अझै धान्न नसक्ने निश्कर्ष निकाल्दै बोर्डले वैकल्पिक खानेपानीका श्रोतहरुको पहिचान र संरक्षणको कार्यलाई अगाडि बढाएको छ । राणाकै सक्रियतामा शुरु भएको सो अभियानअन्तर्गत मकवानपुरको सिस्नेरी खोला, इन्द्र सरोबर, ललितपुरको ठोस्ने खोला, भक्तपुरको महादेव खोलाको पानीको स्रोतलाई संरक्षण गर्दै उपत्यकामा खानेपानी वितरण प्रणलीलाई चुस्त बनाउने कार्यलाई अगाडि बढाइएको छ ।

ती सम्भावित ठाउँहरुको सम्भाव्यता अध्ययन गर्ने कार्य सम्पन्न भईसकेको र निर्माणका लागि ठोस कार्ययोजना बनाउने कार्य भइरहेको छ । नविनतम र प्रविधिमैत्री कार्यक्रमको शुरुआत गर्ने श्रेय पनि राणालाई नै जान्छ । उनकै कार्यकालमा वाटर एटीएम जस्तो नविनतम कार्यक्रम उपत्यकामा शुरु भएको थियो । यी लगायत अन्य कार्यको थालनी गरिरहेका राणालाई पुनः कार्यकारी नबनाउने हो भने यी योजनाहरुको भविष्य समेत अन्योलमा पर्ने भएका कारणले पनि धेरैले राणाकै निरन्तरता चाहेका हुन् ।

प्रतिस्पर्धामा रहेका ढकाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडका नौ तहका अधिकृत हुन् । खानेपानीकै क्षेत्रमा काम गरेका सुर्दशन भण्डारी र सुरेश आचार्य पनि खानेपानी क्षेत्रकै विज्ञका रुपमा चिनिएका व्यक्ति हुन् ।

सम्बन्धित समाचार