free website hit counter

खुकुलो निषेधाज्ञामा के के गर्न पाइन्छ ? 

beemaadmin
२०७८ जेष्ठ २१, शुक्रबार

 

काठमाडौं।  कोरोना संक्रमणको दर उच्च भएपछि नियन्त्रणको एकमात्र उपायको रुपमा रहेको निषेधाज्ञा लागू भएको संघीय राजधानी काठमाडौंमा पछिल्लो समय संक्रमितको संख्या घट्दै गएको छ । संक्रमित घटेसँगै र अस्पतालहरुमा स्वास्थ्य सामग्रीको अभाव हट्नै जान थालेपछि निषेधाज्ञालाई केही खुकुलो पार्दै लाने क्रममा आजेखि निषेधाज्ञा केही खुकुलो भएको छ ।  खुकुलो बनाइएको निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ। काठमाडौं गएको बैशाख १६ देखि निषेधाज्ञा जारी छ ।

पछिल्लो पटक आज जेठ ३१ सम्मका लागि निषेधाज्ञा लम्बिएसँगै उपत्यकामा लगातार कम्तीमा डेढ महिना निषेधाज्ञा जारी रहने भएको छ। गएको जेठ १४ मा निषेधाज्ञालाई थप कडा पार्दै खाद्यान्न बिक्री वितरण गर्ने किराना पसल र डिपार्टमेन्टल स्टोर पनि बन्द गराइएको थियो । आजदेखि  खाद्यान्न र डिपार्टमेन्टल स्टोरहरु खोल्न पाइनेछ। किराना पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।

फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खोल्न पाइनेछ । अहिले लागू निषेधाज्ञा बिहीबार राती १२ बजे सकिनेछ । त्यसपछि नयाँ नियम लागू हुनेछ। विकास निर्माणको काम खुला गरिएको छ। विकास निर्माणका काम मजदूर राखेर दिउँसोमा गर्न पाइनेछ।  निर्माण सामग्री ओसारपसारको कामको लागि रातको समय तोकिएको छ। यातायातमा पुरानै नियम कायम रहनेछ । निजी संघ–संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार