free website hit counter

खुकुलो निषेधाज्ञामा के के गर्न पाइन्छ ?

beemaadmin
२०७८ जेष्ठ ३१, सोमबार

काठमाडौं । रोगसँगै भोकको चिन्ता बढेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाइएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याइएको भए पनि निषेधाज्ञा भने पहिलेको तुलनामा केही खुकुलो बनाइएको हो । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञा पुनः एक साता थपिएको हो । यसअघि असाार ३१ गतेसम्म जारी रहेको निषेधाज्ञा आगामी असार ७ गतेसम्म लम्बिएको हो । अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ । होटल तथा रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल(रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् ।
इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा लागू भएको डेढ महिनासम्म पनि कोरोना संक्रमणको जोखिम कम नभएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । उनका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । यसअघि बिहान ९ बजेसम्म मात्र खाद्यान्न पसल सञ्चालन भएको छ भने अनलाइन डेलिभरीलाई समेत रोक लगाईएको थियो ।
यस्तै निषेधाज्ञा खुकुलो भएसगैँ पुस्तक पसल समेत खुला हुने भएको छ । यस्तै, अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार