free website hit counter

खुल्यो सहुलियत पसल

beemaadmin
२०७६ भाद्र २५, बुधबार

काठमाडौं । नजिकिँदै गएका चाडपर्वहरुलाई लक्षित गरी सहुलियत मूल्यको पसल सञ्चालनमा आएको छ ।
दशैँ, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरी काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री कक्ष भवनमा एकीकृत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
यो पसल कार्तिक १७ गतेसम्म सञ्चालन हुने यस्ता पसल देशका अन्य ठूला शहरमा पनि सञ्चालनमा आउने बताइएको छ । साल्ट ट्रेडिङले चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा ६ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ भने देशका मुख्यमुख्य सहरहरुमा गरी जम्मा ३४ वटा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार