free website hit counter

बैंकका पूर्व सिइओ पक्राउ

beemaadmin
२०७६ आश्विन ५, आईतवार

काठमाडौं । बैंक अफ काठमाडौंबाट भएको कर्जा हिनामिना अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहिकालाई प्रहरीले पक्राउ गरेको हो। पाँच करोड रुपैयाँ ऋण दूरुपयोग बारे उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो। नक्कली जग्गा धितो राखेर ४ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरी सर्वसाधारणको निक्षेप हिनामिना गरेको आरोप उनीहरुमाथि लागेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक अफ काठमाडौंमा भएको कर्जा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको छ । खोला बगिरहेको एउटा जग्गालाई धितो कायम गरी डेढ लाख रुपैयाँ कर्जा प्रवाह गरेको घटनाको अनुसन्धान गर्दा सोही प्रक्रिया अपनाएर अन्य ३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिएको थिये ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार कर्जा अनियमितता प्रकरणमा बैंक अफ काठमाडौंका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ४ जना पूर्व कर्मचारी र ३ जना वहालवाला कर्माचारी पक्राउ परेका छन् भने ४ जना नक्कली ऋणि रहेका छन् । बैंकका पूर्व सीईओ श्रेष्ठ समेतको मिलेमतोमा विभिन्न ठाउँका जग्गालाई धितो देखाएर ४ करोड ५० लाख रुपैयाँ ऋण निकालिएको सीबीआईले दाबी गरेको छ । बैंक अफ काठमाडौंको कमलादी शाखाबाट सो कर्जा प्रवाह गरिएको थियो ।
लुम्बिनी बैंकसँग मर्जरमा गर्नुअघि नै यो ऋण दूरुपयोग भएको हो। हेटौंडाका सुरेन्द्र श्रेष्ठले बैंक कर्मचारीसँगको मिलेमतोमा झापाको जग्गा धितोमा राखेर बैंकबाट ऋण चलाएका थिए। उनले ऋणका लागि पेश गरेका सबै कागजपत्र नक्कली भएको प्रहरीले पुष्टि गरिसकेको छ । सुरेन्द्रले ऋण नतिरेपछि बैंकले सम्पति लिलामी गर्न खोज्दा धितोको जग्गामा खोला भेटिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार