free website hit counter

गगनको आरोप : सरकारलाई जनताको जीवनभन्दा ‘लाइक’ बढी प्रिय

beemaadmin
२०८३ असार २२, सोमबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको पहिलो सय दिनको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै जनताको जीवनस्तर सुधारभन्दा सामाजिक सञ्जालमा ‘लाइक’ बटुल्न सरकार बढी केन्द्रित भएको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले सरकारले वास्तविक उपलब्धिभन्दा भर्चुअल लोकप्रियतालाई प्राथमिकता दिएको टिप्पणी गरे।

उनले जनताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने कामभन्दा सामाजिक सञ्जालमा आफ्नो पक्षमा कति ‘लाइक’ आउँछ भन्ने चिन्तामा सरकार रहेको दाबी गरे।

थापाले केही व्यक्तिलाई पक्राउ गर्ने कार्यलाई उपलब्धिका रूपमा प्रस्तुत गरेर सरकार आत्मसन्तुष्ट बनेको आरोपसमेत लगाए।

उनका अनुसार मुलुकमा अहिले भय र त्रासको वातावरण सिर्जना गरिएको छ, जसका कारण नागरिक खुलेर बोल्नसमेत डराउने अवस्था बनेको छ।

सभापति थापाले निजी क्षेत्र पनि असुरक्षित महसुस गरिरहेको भन्दै लगानीकर्तामा विश्वासको वातावरण कमजोर भएको बताए। सरकारले सिर्जना गरेको अन्योलका कारण नयाँ लगानी गर्न निजी क्षेत्र उत्साहित नभएको उनको भनाइ थियो।

सम्बन्धित समाचार