free website hit counter

गणतन्त्र रोक्न रुक्माङगदको गड्बडी

beemaadmin
२०७७ जेष्ठ १५, बिहीबार

जनआन्दोलनपछि संसद पुनर्स्थापना गरियो । अन्तरिम संविधान पनि बनाइयो । संविधानमा राजतन्त्रलाई विस्थापित गरेर गणतन्त्र घोषणा गर्ने उल्लेख गरियो । पहिलो संविधानसभाको निर्वाचन पनि सम्पन्न भयो । त्यसपछि बस्ने संविधानसभाको पहिलो बैठकले औपचारिक रुपमा गणतन्त्र घोषणा गर्ने काम बाँकी थियो, नयाँ चलखेल शुरु भयो ।

संविधानसभाको पहिलो बैठकको तरखर हुँदै थियो । तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले अप्रत्यासित ढंगले ‘अब गणतन्त्र घोषणा गर्न गाह्रो हुने भयो’ भन्ने सन्देश फैलाए ।

उनको दाबी थियो ‘दरबारभित्र चारदेखि पाँच हजार अत्याधुनिक हातहतियारसहितको सेना छ । उक्त सेनाले आफ्नो भन्दा पनि दरबारकै आदेश शिरोपर गर्छ । संसदमा गणतन्त्र घोषणा हुँदा दरबार बाहिर वाईसिएल घेर्न पुग्छ । त्यस्तो अवस्थामा भित्रबाट स्वतः फायर हुने र जनआन्दोलनमा भन्दा कैयौं गुणा बढी मानिसको हताहती हुने भएकाले हाललाई गणतन्त्र घोषणाको कार्यक्रम रोकौं ।’

प्रधानसेनापतिको उक्त भनाईपछि प्रमुख दलका उच्च नेता सबैलाई सोच्न बाध्य बनायो । सबै काम सकिएर गणतन्त्र घोषणाको काम मात्र बाँकी छँदा राजनीतिक परिवर्तनको क्षितिजमाथि देखापरेको अप्रत्यासित कालो बादल हटाउन उनीहरुले नयाँ उपाय निकाले ।

सेवानिवृत्त दुईजना जर्नेल, पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, वर्षमान पुन र लालबाबु पण्डित छ जना एकाएक सानेपाको समिट होटलमा पुगे । लामो छलफलपछि उनीहरुले एउटा राजनीतिक समाधानको निश्कर्ष निकाले ।

जेठ १५ गते अपरान्ह बस्ने संविधान सभाको पहिलो बैठकमा कार्यसूची बमोजिम गणतन्त्र घोषणा गर्ने । दरबारको वरिपरि वाईसीएलले घेर्ने त धेरै टाढाको कुरो उनीहरुले फर्केर पनि नहेर्ने । त्यसो भएपछि दरबारभित्रको सेनाले हतियार उठाउनुपर्ने बाध्यता नै पर्दैन । अनि इज्जतसाथ राजा ज्ञानेन्द्रलाई दरबारबाट सुरक्षित तवरले अन्यत्र बसोबासको प्रबन्ध गर्ने । यहि नै छलफलको निश्कर्ष थियो ।

सेनाका जर्नेल र राजनीतिक दलका प्रतिनिधिबीच भएको उक्त निश्कर्षले गणतन्त्र घोषणा, राजाको इज्जतसाथ बहिगर्मन र सेनाको चिन्तालाई व्यवस्थापन गरेको थियो ।

भित्री कुरोचाँहि राजा र उनीनिकटलाई गणतन्त्र घोषणापछि अन्य देशमा झैँ लखेटेर सिध्याउँछन् कि भन्ने चिन्ता रहेछ । हुनपनि विगतमा रुमानियाका चाउचेस्कु,अफगानिस्तानका नजिबुल्लाह र लिबियाका मोहम्मद गद्दाफीलाई राजकीय सत्ताबाट हटाएपछि पनि जनताले खेदेए मारेको नजिर सामुन्ने थियो ।

राजा ज्ञानेन्द्रको उक्त चिन्तालाई विश्वासिलो ढंगले दूर गराएपछि गणतन्त्र घोषणा भएको थियो । त्यसपछि कटवाल चुप, वाईसीएल पनि चुप अनि संसदमा बलेको थियो गणतन्त्रको धुप । (जनआस्था डटकमबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार