free website hit counter

गलत हल्ला फैलाएको भन्दै सैनिक कमाण्डर बर्खास्त

beemaadmin
२०७६ चैत्र २१, शुक्रबार

एजेन्सी । कोरोनाको संक्रमणबाट नराम्रोसँग सताइएको मुलुक अमेरिकाका नौसेनाका एक कमान्डरलाई उक्त जिम्मेवारीबाट बर्खास्त गरिएको छ । यूएसएस थियोडोर रुजबेल्ट जहाजको नेतृत्व गरेका क्याप्टेन ब्रोट क्रेजियरले कोरोनाबारे भ्रम फैलाएसँगै उनलाई बर्खास्त गरिएको हो । नाभीका सेक्रेटरी थोमस मोड्लीले उनको निष्कर्षलाई निचको संज्ञा दिएका छन् ।
झण्डै ५ हजार कर्मचारीको नेतृत्व गरेका क्रेजियरको जिम्मेवारी बिहीबारबाट खोसिएको एनबीसी न्युजले जनाएको छ । जहाजको नेतृत्व खोसिए पनि उनी सेवाबाट भने हट्ने छैनन् । उनको ओहोदा पनि यथावत् रहने बताइएको छ । क्रेजियरले गत साता नौसेनाको नेतृत्वलाई पत्र लेख्दै १ सय जनामा कोरोना संक्रमण देखिएको दाबी गरेका थिए । कडा शब्दमा लेखिएको पत्रमा जहाजमा कोरोना भाइरस फैलन लागेकाले रक्षा गर्न माग गरिएको थियो । जुन पत्र सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो । लगत्तै नाभी नेतृत्वले उनको जिम्मेवारी खोसेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार