free website hit counter

गुडविल फाइनान्सको लाभांश प्रस्ताव पारित

beemaadmin
२०७८ पुष ३०, शुक्रबार

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड को २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ९।१ प्रतिशत बोनस सेयर र ३।९ प्रतिशत नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा कम्पनीका अध्यक्ष विश्वप्रकाश साखःले आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा १८।८४ प्रतिशतले वृद्धि गरी १० अर्ब नौ करोड ३९ लाख ८४ हजार ९९७ तथा कर्जातर्फ सात अर्ब ९१ करोड ३३ लाख ८९ हजार ६८० रुपैयाँ पुर्याएको जानकारी दिएको छ ।
संस्स्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले गत वर्ष कोरोना महामारीका कारण नियमित व्यवसायमा समेत उत्पन्न हुँदा पनि संस्थाले अपेक्षाजनक कार्य गर्दै लगानीकर्ताहरुलाई अघिल्लो आर्थिक वर्षभन्दा बढी प्रतिफल दिन सकेको बताए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार