free website hit counter

गुराँस लघुवित्तको नाफामा छलाङ

beemaadmin
२०८२ माघ १२, सोमबार

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.१८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६३.१० प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३६.१५ प्रतिशत र सञ्चालन मुनाफा ६७.७७ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २६ लाख ४८ हजार रुपैयाँ रहेको छ। १ करोड ९५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४८ पैसा रहेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपेयाँ १३ पैसा बढेर ४० रुपैयाँ २२ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.९८ गुणा रहेको छ। १३ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब १० करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार