free website hit counter

गुराँस लाइफद्वारा बीमितको परिवारलाई १ करोड ५६ लाख बीमा दाबी भुक्तानी

beemaadmin
२०७९ फाल्गुन २८, आईतवार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालय पोखरामा करिब तीन बर्ष अघि जीबन बीमा गराएका स्याङ्जा घर भई पोखरा १७ बिरौटा बस्दै आएका बिमित मोदनाथ वाग्लेको असामयिक निधनपछि उनले इच्छाएका व्यक्ति रेखा वाग्लेलाई एक शोकसभा आयोजना गरि कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं कम्पनीका अभिकर्ता एमडिआरटी कमला केसीले संयुक्त रुपमा १ करोड ५६ लाख ६९ हजार ३ सय ९८ रुपैयाँको २ वटा चेक हस्तान्तरण गरिएको थियो। गत आबमा बीमा कम्पनीबाट ऋण समेत लिएका बिमित वाग्लेको केही महिना अगाडि निधन भएको थियो ।

Advertisement
Advertisement

सम्बन्धित समाचार