free website hit counter

गृहमा व्यापक सरुवा, काज तथा पदस्थापन (हेर्नुहोस् सूची)

beemaadmin
२०७७ जेष्ठ १९, सोमबार

काठमाडौं । मुलुक लकडाउनका कारण ठप्प भए पनि सिंहदरबारको चलखेल भने ठप्प भएको छैन । गृह मन्त्रालयले एकै पटक झण्डै चार दर्जन सिडिओहरुको सरुवा गरेको छ । ४४ जना प्रमुख जिल्ला अधिकारी सिडिओहरुको सरुवा गरेको हो । जेठ १८ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सोमबार मन्त्रालयलगायत विभिन्न कार्यालयमा कार्यरत प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, काज तथा पदस्थापना गरिएको हो । यसरी सरुवा तथा पदस्थापना गरेको हो । यति धेरै सरुवा हुँदा पनि आधिकारिक ट्रेड युनियनका पूर्व अध्यक्ष पुण्य ढकालको गृहमै पदस्थापना गरिएको छ । काठमाडौँ जिल्लाको सहायक सिडिओ रहेका जीवन आचार्य फूल सिडियो बनेर सङ्खुवासभा गएका छन् भने पाल्पाका सिडिओ यादव सुवेदी गृहमा आएका छन् ।
मन्त्रालयका हिरालाल रेग्मीलाई सुर्खेत, चन्द्र गैरेलाई कालिकोट, भीम भट्टराईलाई डोटी, लीलाधर अधिकारी बर्दिया, शरद पोखरेल दार्चुला, कृष्ण पौडेलओखलढुंगा, जीवन आचार्य संखुवासभा, नरेन्द्र राना रोल्पा, चिरञ्जीवी गिरी हुम्ला, कमलराज भण्डारी बझाङ पुगेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार