free website hit counter

गैँडा गणना गर्न गएका कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

beemaadmin
२०७७ चैत्र २३, सोमबार

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैँडा गणना गर्न गएका एक कर्मचारीको मृत्यु भएको छ । बाघको आक्रमणमा परी ज्यान गुमाउनेमा गुडगाव बस्ने ३४ वर्षीय पुलीसराम थारू रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैँडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाकाअनुसार पुलिसराम हात्तीबाट भुइँमा झरेको मौकामा बाघले उनीमाथि आक्रमण गरेको थियो। उनलाई बाघले आक्रमण गरी १५० देखि २०० मिटर टाढा लगेको थियो। सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय बग्नाहाबाट आठ जनाएको टोली खटिएको थियो। मान्छे मार्ने बाघलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार