free website hit counter

गैरे समाजको अध्यक्षमा डिल्लाराम

beemaadmin
२०७६ माघ २, बिहीबार

टोकियो । जापानको चिवास्थित इन्डियन रेस्टुरेष्टमा सम्पन्न गैरे सेवा समाज जापानको चौथो महाधिवेशनले डिलाराम गैरेलाई अध्यक्ष चयन गरेको छ । गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समाजको वरिष्ट उपाअध्यक्षमा भुमप्रसाद गैरे, उपाध्यक्षमा ताराप्रसाद गैरे, भिमप्रसाद गैरे र देविलाल गैरे चयन हुनुभएको छ । यसैगरी महासचिवमा श्यामलाल गैरे, सचिवमा गोविन्दप्रसाद गैरे, रामप्रसाद गैरे, भवनाथ गैरे चयन हुँदा सह–सचिवमा धर्मराज गैरे चयन हुनुभएको छ भने समितिको कोषाध्यक्षमा चेतराज गैरे, सहकोषाध्यक्षमा लक्ष्मण गैरे र जीवन गैरे चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा प्रकाश गैरे, लक्ष्मण गैरे, रुपक गैरे, विनोद गैरे, डिलाराम गैरे, रेशम गैरे, तेजेन्द्र गैरे, खिमानन्द गैरे, तिलक गैर र महिला सदस्यमा नन्दकलि गैरे चयन हुनुभएको छ । साथै महाअधिवेशनले युवा संयोजकमा मिलन गैरे र महिला संयोजकमा गीता गैरेलाई चयन गरेको छ । गैरे सेवा समाज जापानमा अध्यक्ष दिलिप गैरेको सभापत्विमा सम्पन्न महाधिवेशनमा वरिष्ट उपाध्यक्ष डिलाराम गैरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने सह–सचिव श्यामलाल गैरेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । महाधिवेशनमा संस्थाका सचिव भिमप्रसाद गैरेले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार