free website hit counter

ग्लोबल आइएमई लघुवित्त नाफामा उल्लेख्य वृद्धि

beemaadmin
२०८१ माघ १६, बुधबार

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४७.४२ प्रतिशत अर्थात ७ करोड ५ लाख रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको ब्याज आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि भएसँगै इम्पेरिमेन्ट चार्ज घट्दा नाफामा बढोत्तरी भएको हो । समीक्षा अवधिसम्ममा लघुवित्तको ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ छ । यो गतवर्षको यसै अवधिको तुलनामा ६ करोड ४३ लाख रुपैयाँले बढी हो । गतवर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख रुपैयाँ रहेको छ । साथै पुस मसान्तसम्ममा लघुवित्तले १६ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको छ । यो १४७।३३ प्रतिशतले वृद्धि भएको हो । लघुवित्तको इम्पेरिमेन्ट चार्ज १० करोड ५९ लाख रुपैयाँबाट घटेर दुई करोड ७६ लाख रुपैयाँ खुम्चिएको छ । लघुवित्तको वित्तरण योग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ छ । चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६२ करोड १२ लाख रुपैयाँ सञ्चित रहेको छ । समिक्षा अवधिसम्ममा तीन अर्ब ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर ९ अर्ब ४३ करोड ४० लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । सार्वजनिक भएको वित्तीय विवरण लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा कायम छ । खराब कर्जा अनुपात ४।१० प्रतिशत रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३०।७३ गुणा छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार