free website hit counter

ग्लोबल कन्फ्रेन्समा रिलायन्स लाइफका दुई अभिकर्ता

beemaadmin
२०७९ भाद्र ९, बिहीबार

काठमाडौं । रिलायन्सस लाइफ इन्स्योरेन्स कम्पनीबाट दुई अभिकर्ता ग्लोबल कन्फ्रेन्समा भाग लिन अष्ट्रेलिया गएका छन् । कम्पनीका दुई अभिकर्ताहरु नमिता न्यौपाने र बिना कुमारी न्यौपान मिलिनियम डलर राउण्ड टेवल २०२२ अष्ट्रेलियाको सिडनीमा अगष्ट २८ देखि ३१ तारिखमा हुन गइरहेको एमडिआरटी एन्युएल मिटिङ २०२२ लागि छनौट भएका हुन् । राजनीतिक क्षेत्रमा अब्बल रहेकी नमिता राजनितिज्ञसँगै व्यवसायी समेत हुन् । सामाजिकसँगै आर्थिक पाटो बलियो भएकी नमिताको अभिकर्ता यात्रा भने करिब चार वर्ष अघिदेखि सुरु भएको थियो । उनले सुरुवाती समयमा अर्कै इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा काम गरेकी थिइन् । पछिल्लो समय भने उनी आफ्नो व्यवसाय र राजनैतिक व्यस्तताबाट बचेको समयलाई अभिकर्ताको भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।
छरछिमेक र समाजमा महिला राजनितिज्ञ साथै व्यवसायीको रुपमा चिनिने नमिता अभिकर्ताको रुपमा जाँदा यो पेशामा नलाग्न सुझाव दिएको उनी सम्झिन्छिन् । अहिले यो पेशाबाट उनलाई धेरै खुशी मिलेको छ । यही पेशाले गर्दा उले देश विदेशमा भ्रमण समेत गर्ने मौका पाएकी छिन् । अहिले उलाई यही पेशाले नै अष्ट्रेलियामा ग्लोबल कन्फ्रेन्समा समेत भाग लिने मौका समेत जुराएको छ । मिलिनियम डलर राउण्ड टेवलमा छनौट हुनको लागि जीवन बीमा कम्पनीका अभिकर्ताहरुले एक निश्चित स्तरको प्रिमियम, कमिशनको लेवल वा बर्षको आम्दानीको सीमा क्रश गर्नुपर्ने हुन्छ । यतिमात्र नभई यस कार्यक्रमको लागि छनौट हुन बिशेष नियमहरु कडाइका साथ पालना गरी व्ययसायिक उत्कृष्टता प्रदान गरेको समेत हुनुपर्दछ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले आफनो सेवा यात्राको पाँचौ बर्षमा यति ठुलो सफलता प्राप्त गरी आफना अभिकर्ताहरुलाई मिलिनियम डलर राउण्ड टेवल २०२२ को सम्मेलनमा पाउदा कम्पनी आफना समस्त बीमतहरुलाई हार्दिक धन्यवाद दिएको छ । कम्पनीले बीमितको इच्छाअुुसारको बिभिन्न बीमा योजनाहरु समय सँगसँगै सार्वजनिक गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार