free website hit counter

ग्लोबल र जनता बैंकलाई राष्ट्र बैंकको स्वीकृति

beemaadmin
२०७६ आश्विन ९, बिहीबार

काठमाडौं । मर्जर प्रकृयामा गएका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाललाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको असोज २ गतेको बैठकले ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक स्वीकृति दिँदै तीन महिनाभित्र एकीकृत कारोबार सुरु गर्न निर्देशन पनि दिएको छ ।
गर्भनर चिरञ्जीवि नेपालले मौद्रिक नीति मार्फत सबै वाणिज्य बैंकहरुलाई प्रोत्साहन मर्जर नीतिमा लैजाने भएकाले जोडी खोज्न निर्देशन दिएको एक साता पश्चात दुई बैंकले गत असार २० गते एक आपसमा गाभिने निर्णय गरेका थिए ।
एकीकृत बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकालले नै रहनेछन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम कुँवर क्षेत्री रहने सम्झौता भएको छ । बैंक सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र जनता बैंकबाट दुई जना रहने बताइएको छ । ग्लोबल र जनता बैंकको शेयर अनुपात १०० = ८५ कायम गरिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार