free website hit counter

घट्यो उपत्यकामा कोरोना संक्रमण

beemaadmin
२०७८ जेष्ठ ४, मंगलवार

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको काठमाडौं उपत्यकामा संक्रमण केही घटेको छ । काठमाडौं उपत्यकामा आज २ हजार ६३५जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभर आज ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ पीसीआर र ६९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २०३ जनामा पोजेटिभ देखिएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ८९१ हजार जना संक्रमणमुक्त भएका छन् भने १९६ संक्रमितको मृत्यु भएको छ । नेपालमा अहिले १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् । नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ । जसमध्ये ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् भने ५ हजार ४११ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार