काठमाडौं । आकाशिएको सुनको मूल्य नेपाली बजारमा सोमबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ९० हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८९ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको छ ।