free website hit counter

घरजग्गा कारोबारले गति लिन सकेन

beemaadmin
२०८२ फाल्गुन ४, सोमबार

काठमाडौं। घरजग्गा कारोबार बढ्न नसकेको सरकारी तथ्यांकले देखाएको छ। कात्तिकको अन्तिममा सरकारले कित्ताकाट खोलेपछि केही बढेको घरजग्गा कारोबार स्थिर देखिएको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा ५० हजार ८३७ लिखत पारित भएको छ। कात्तिकमा २८ हजार २८२ लिखत पारित भएकामा त्यही महिनाको अन्तिममा सरकारले कित्ताकाल खुलाएपछि मंसिरमा ५१ हजार ६३२ र पुसमा ५१ हजार ८८८ लिखत पारित भएको थियो। पोहोर माघको तुलनामा भने यसपालि माघको लिखत पारित संख्या केही बढी हो। पोहोर माघमा ४६ हजार ६९ लिखत पारित भएको तथ्यांक छ।
यसपालि माघमा घरजग्गा कारोबारबाट ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। पोहोर माघमा भने ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ मात्र संकलन भएको तथ्यांक छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार