free website hit counter

घरेलु कामदारले मारे पूर्व सचिव कार्कीकी श्रीमती

beemaadmin
२०७६ माघ २७, सोमबार

काठमाडौँ । रगताम्मे अवस्थामा घरमा भेटिएकी पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा मृत्यु भएको छ । सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ । सोमबार बिहान सानेपास्थित निवासमा रगतले लतपतिएर अचेत अवस्थामा भेटिएकी उनलाई उपचारका लागि तत्काल स्टार अस्पताल लगिएको थियो ।

अचेत अवस्थामा फेला परेकी उनीसँगै कामदार विजय चौधरी मृत फेला परेका थिए । उनले भने आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।
कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटना घटेको समय छोरालाई लिएर अर्की कामदार पनि घरबाहिर रहेकी थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार