free website hit counter

घरैमा बनाऔं स्वादिलो मटन विरयानी (Mutton Biryani)

beemaadmin
२०७७ असार १०, बुधबार

विश्व कोरोना महामारीसँग जुधिरहेको बेला होटल तथा रेष्टुराँहरु बन्द छन् । खुलेकै भए पनि सामाजिक दुरी र संक्रमणको डरले ढुक्कसँग खानाको मजा लिने अवस्था छैन । त्यसैले हामीले घरमै मिठो मटन विरयानी बनाउने तरिका प्रस्तुत गरेका छौं ।

आवश्यक सामान
मटन एक केजी
वासमती चामल एक केजी
घिउ एक कप
वटर आधा कप
मटन मेरिनेट गर्ने सामान
दही बाक्लो एक कप
खुर्सानी पाउडर आधा चम्चा
अदुवा, लसुन पेष्ट एक चम्चा
गरम मसला आधा चम्चा
मिट मसला आधा चम्चा
नुन स्वाद अनुसार
बेसार हल्का
तेल दुई चम्चा
यी सबै सामान हालेर मटन मेरिनेट गरेर ३० मिनेटसम्म राख्ने ।

ग्रेभी मसलाको सामान
टमाटर पिसेको एक कप
प्याज ब्राउन गरेर पिसेको एक कप
टमाटर पिउरी आधा कप
वियरयानी मसला एक चम्चा
ल्वाङ, सुकुमेल पाँच–छ पिस
तेजपात तीन–चार पिस
जिरा पाउडर आधा चम्चा
मिट मसला एक चम्चा
केसर आधा सानो चम्चा दूधमा भिजाउने
अदुवा, लसुन चप एक चम्चा
धनियाँ चप एक चम्चा
घिउ एक कप
कसुरी मेथी एक चम्चा

बनाउने विधि
कुनै बाक्लो भाँडोमा घिउ हालेर अदुवा, लसुन चप फुराउने । त्यसपछि टमाटर पिउरी, प्याजको पेष्ट, मसला, जिरा पाउडर, बेसार हालेर नुन हालेर राम्रोसँग पाक्न दिने । अर्को भाँडोमा मेरिनेट गरेर राखेको मटनलाई थोरै तेल, ल्वाङ, सुकुमेल हालेर १० मिनेटजति पकाउने । मटन आधा पाकेपछि ग्रेभीमा मिक्स गरेर राख्ने । अर्कोतिर कुनै भाँडोमा अलि धेरै पानी उमाल्ने । २० मिनेटपहिला भिजाएर राखेको चामलको पानी छानेर उम्लेको पानीमा हालेर चामल आधा पाकिसकेपछि पानी छानेर राख्ने । अब विरयानी बनाउने बाक्लो भाँडोमा हल्का घिउ राखेर तल मटन हाल्ने र मटनमाथि राइस हाल्ने र राइसमाथि फेरि मटन हाल्ने र माथि राइस, केसर, ड्राई फ्रुट हालेर तीन लियर बनाएर माथिबाट सिलवर फोएलले कभर गरेर ढक्कनले बाहिर हावा नजाने गरी छोपेर मधुरो आगोमा २० मिनेटजति पकाउने । पाकिसकेपछि कुनै ट्रेमा हालेर ड्राई फ्रुट, केसरपानीले गार्निस गरेर सर्भिस गर्ने ।

नोट : प्रत्येक लियरमा केसरपानी राख्न नभुल्नुहोला ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार