free website hit counter

घोराही सिमेन्टको लाभांश घोषणा

beemaadmin
२०८२ मंसिर १४, आईतवार

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले आव २०८१–८२ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०।५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीको उक्त सभा पुस १४ गते दाङमा रहेका होटल पौवामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा २०८१ पुस २७ गतेको चौथो बार्षिक साधारण सभाबाट कम्पनीको कायम रहेको चुक्ता पुँजीबाट ७५ प्रतिशत अर्थात प्रति १ शेयर ०.७५ सेयरका अनुपातले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको र मिति २०८१ चैत २६ मा धितोपत्र बोर्डमा दर्ता गरी प्रक्रियामा रहेकोमा कम्पनीले पाचौ वार्षिक साधारण सभाबाट सेयरधनीलाई वितरण गर्ने कर वाहेक १० प्रतिशत बोनस सेयर पश्चात हुन आउने चुक्ता पुँजी अनुसार हकप्रद सेयर पुनरावलोकन हुन सक्ने भएको हुँदा बोनस सेयर र हकप्रद सेयर जारी गरे पश्चात हुन आउने जारी तथा चुक्ता पुँजीबमोजिम कम्पनीको प्रबन्ध पत्रमा भएको जारी तथा चुक्ता पुँजी सम्बन्धी व्यवस्था संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा आव २०८१–८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आज २०८१–८२ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा तथा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, कम्पनीले गरेको कारोवार विवरणलाई स्विकृत गरी अनुमोदन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने, कम्पनीको सहज सञ्चालन तथा तरलता व्यवस्थापनको लागि संस्थापक सेयरधनीहरुबाट सापटी रकम माग गर्ने तथा उपभोग गर्ने चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमीक निर्धारण गर्ने र संस्थापक सेयरधनीहरु समूह तर्फबाट कायम हुने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार