free website hit counter

ङादी ग्रुप पावरले गर्‍यो लाभांश घोषणा

beemaadmin
२०८२ मंसिर ३, बुधबार

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको हो । समितिले आव २०८१–८२ को मुनाफाबाट हाल कायम शेयर पुँजी तीन अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँको ०.२५ प्रतिशत कर प्रयोजनसहित ४.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । यो लाभांश कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।

सम्बन्धित समाचार