free website hit counter

चक्रपथ विस्तारका लागि चीनले ११ अर्ब अनुदान दिने

beemaadmin
२०८३ बैशाख १६, बुधबार

काठमाडौं । दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि नेपाल सरकार र चिनियाँ पक्षबीच औपचारिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।

Advertisement
Advertisement

सम्झौताअनुसार कलंकीदेखि बसुन्धारासम्म करिब ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

Advertisement
Advertisement

यसअघि सन् २०१९ मा सुरु भएको पहिलो चरणअन्तर्गत कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथ विस्तार कार्य सम्पन्न भइसकेको छ।

चिनियाँ राजदूत माओमिङले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेमा थप चिनियाँ लगानीकर्ता आकर्षित हुने सम्भावना रहेको पनि बताएका छन्।

सम्बन्धित समाचार