free website hit counter

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२.५३ प्रतिशतमा सीमित

beemaadmin
२०८३ असार २, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा सरकारले पूर्वाधार तथा विकास निर्माणका लागि विनियोजित पुँजीगत बजेटमध्ये ३२.५३ प्रतिशत मात्र खर्च गरेको छ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार हालसम्म पुँजीगत खर्चतर्फ १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ खर्च भएको छ। सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत खर्च शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको थियो।

Advertisement
Advertisement

आर्थिक वर्ष समाप्त हुन अब एक महिना मात्र बाँकी रहँदा पनि पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसकेको देखिएको छ। विकास निर्माण र पूर्वाधार आयोजनाको कार्यान्वयन सुस्त हुँदा पुँजीगत खर्चको प्रगति कमजोर बनेको हो।

Advertisement
Advertisement

यता, चालु खर्चतर्फ भने तुलनात्मक रूपमा उच्च प्रगति देखिएको छ। सरकारले चालु खर्चका लागि विनियोजन गरेको बजेटमध्ये ११ महिनाको अवधिमा ७६.९१ प्रतिशत खर्च भइसकेको छ। चालु खर्च शीर्षकमा कुल ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको थियो।

त्यसैगरी, वित्तीय व्यवस्थापनतर्फ वार्षिक ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकामा हालसम्म ३ खर्ब ५ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

सरकारी खर्चको अवस्थाले चालु खर्चमा उल्लेख्य प्रगति भए पनि विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्च अझै अपेक्षित स्तरमा पुग्न नसकेको संकेत गरेको छ।

सम्बन्धित समाचार