free website hit counter

चिकित्सकको उमेर अदालतले बढाइदियो

beemaadmin
२०७६ मंसिर ६, शुक्रबार

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको उमेरहद ६१ वर्ष भए पनि डा. प्रल्हाद कार्कीलाई सर्वोच्च अदालतले बढाई दिएको छ । केही महिना अगाडि बसेको सिनेट बैठकले चिकित्सकहरुको उमेरहद ६१ बाट ६५ बनाउने निर्णय गरेपछि त्यसका विरुद्ध कर्मचारीहरु सर्वोच्च गएका थिए । चिकित्सकहरुको उमेरहद बढ्दा कर्मचारीको पनि बढ्नुपर्छ भन्ने जिकिर उनीहरुको थियो । तर सर्वोच्चमा उक्त मुद्दा विचाराधिन रहेको अवस्थामा डा. कार्कीलाई अदालतले सिनेटको उक्त निर्णयमै टेकेर निजलाई अवकाश दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको बताइएको छ । डा. कार्कीको उमेरहद ६१ पुगेको भन्दै प्रतिष्ठानले अवकाश दिएको थियो । उक्त अवकासको निर्णयविरुद्ध डा. कार्की अदालत गएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार