free website hit counter

चिकित्सकमाथि दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ

beemaadmin
२०७७ जेष्ठ ४, आईतवार

काठमाडौं । भाइरल हुने नाममा सामाजिक मर्यादा भुलेका केही युटुवका कारण सिंगो सञ्चार क्षेत्र बदनाम भएको छ । उपत्यका प्रवेश गर्ने प्रमुख नाका थानकोट नागढुंगामा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरिका उत्तम कार्की पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पक्राउ परेका कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने छ । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए । उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसको चौतर्फी विरोध भइरहेको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भए पछि कार्कीले सामाजिक सञ्जालमार्फत् माफी मागेका छन्। कोरानाको कहरसँग अग्रपत्तिंमा रहेर लडिरहेका चिकित्सकहरुमाथि मोवाइल तेर्साएर अनावश्यक सोधपुछ र हप्कीदप्की गर्ने छुट उनलाई कसले दियो ? त्यो पनि प्रहरीहरुकै आँखा अगाडि ? नेपाल प्रहरी, सशस्त्र प्रहरीकै सामु नागढुंगामा एक हुल ब्यक्तिले कानुन हातमा लिएर स्वास्थ्यकर्मीमाथि अनावश्यक केरकार गरेको भिडियो अहिले भाइरल भइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार