free website hit counter

चिनियाँ जासुस युवतीले राखिन कैयौं अमेरिकी नेताहरुसँग यौनसम्बन्ध

beemaadmin
२०७७ मंसिर २६, शुक्रबार

एजेन्सी । जासुसी गर्ने मानिस कुन रुपमा प्रवेश गरेका हुन्छन् र कसरी गोप्य सूचनाहरु पत्ता लगाइरहेका हुन्छन् भन्ने एउटा नमूना अमेरिकामा भेटिएको छ । चीनको तर्फबाट अमेरिकामा भइरहेको जासुसीका विषयमा महत्वपूर्ण खुलासा भएको छ ।

चीनकी एक महिलाको पाँच वर्षसम्म अमेरिकाका कैयौं नेताहरुसँग यौनसम्बन्ध थियो । ती महिला खासमा चीनकी जासुस भएको र उनले सूचना पाउनकै लागि अमेरिकी नेताहरुसँग रात बिताउने गरेको खुलासा भएको छ । यी महिलाको कैयौं नेताहरुसँग प्रेम सम्बनध थियो । अक्सिअसको रिपोर्टअनुसार यी महिलाको कम्तीमा २ अमेरिकी नेताहरुसँग यौन सम्बन्ध रहेको पुष्टि भएको छ । अन्य नेताहरुसँग पनि उनको सम्बन्ध रहेको भए पनि रात बिताएकै कुराको भने पुष्टि हुन सकेको छैन ।

रिपोर्टअनुसार यी महिला फांग फांग र क्रिस्टिन फांग नामले चिनिन्थिन् । यी महिलाले चिनियाँ खुफिया एजेन्सीको लागि काम गरिरहेको रिपोर्टमा दावी गरिएको छ । फांगले कैयौं अमेरिकी नेताहरुका लागि निर्वाचनमा पैसा जुटाउने काममा सहयोग पनि गरेकी थिइन् । फांग सन् २०११ देखि २०१५ सम्म अमेरिकाको क्यालिफोर्नियामा बसेकी थिइन् ।

जब उनलाई एफबीआइले आफूलाई पक्रन सक्ने आभास भएपछि उनी अमेरिकाबाट भागेको रिपोर्टमा दावी गरिएको छ । फांगले अमेरिकी संसदका युवा सदस्यहरुसँग निकटता बढाउने कोसिस पनि गरेकी थिइन् । अमेरिकी सांसद एरिक स्वालवेल दोस्रो पटक चुनाब लड्दा फांगले पैसा जुटाउने काममा सहयोग पनि गरेकी थिइन् । फांगले पैसा जुटाउन तुलसी गबार्डलाई पनि सहयोग गरेकी थिइन् ।

क्यालिफोर्नियाको राजनैतिक सर्कलमा फांग निकै चर्चित भएकी थिइन् । ती महिलाले त्यहाँका २ जना नेताहरुसँग यौन सम्बनध पनि राखेकी थिइन् । रिपोर्टमा उनले चीनको सुरक्षा मन्त्रालयको निर्देशनमा जासुसी गरेको दावी गरिएको छ । रिपोर्टका अनुसार एफबीआइले फांगको बारेमा अचानक जानकारी पाएको थियो ।

एजेन्सीले अर्कै एक व्यक्तिको बारेमा जाँच गर्ने क्रममा फांगको बारेमा अचानक खुलासा भएको थियो । फांगले अमेरिका आएपछि क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा भर्ना भएकी थिइन् । फांग चिनियाँ विद्यार्थी संगठन तथा एसियन प्यासिफिक आइल्याण्डर अमेरिकन पब्लिक अफेयर्सको अध्यक्ष पनि भएकी थिइन् । यी दुई पदमा रहने क्रममै फांगको क्यालिफोर्नियाको राजनैतिक सर्कलमा प्रवेश भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार