free website hit counter

चिनी निर्यातमा अझै एक वर्ष प्रतिबन्ध

beemaadmin
२०७९ कार्तिक १३, आईतवार

काठमाण्डौ । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ। भारत सरकारले सन् २०२३ अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो। यसअघि भारत सरकारले गत जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ। यो निर्णयको समयावधि भोलि सकिँदै थियो। रोयटर्सलाई उद्धृत गर्दै इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारअनुसार भारत विश्वकै सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक हो । चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय लम्बिँदा भारतबाट चिनी आयात गर्ने मुलुकहरुमा अभाव सिर्जना हुने र मूल्य बढ्न अनुमान गरिएको छ। नेपालमा पनि ठूलो परिमाणमा भारतबाट चिनी आयात हुँदै आएको छ। भारतको यो निर्णयले नेपाल पनि प्रभावित हुने भएको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार