free website hit counter

चीनबाट नेपाली ल्याउने बीमानको ४८ घण्टे उपचार

beemaadmin
२०७६ फाल्गुन ४, आईतवार

काठमाडौं । चीनको वुहान प्रान्तबाट नेपालीलाई उद्दार गरेर ल्याएको नेपाल एयरलाइन्सको विमान ४८ घण्टा नउड्ने भएको छ । नेपालीहरुलाई लिन गएको प्लेनका सिटलाई प्लाष्टिकले कभर गरिएको थियो । त्रिभुवन विमानस्थलमा विहान सवा तीन बजे अवतरण गरेको विमान स्वास्थ्य सतर्कताका लागि ४८ घण्टा नउडाइने भएको हो । विश्व स्वास्थ्य संगठको मापदण्डअनुरुप नै विमानलाई ४८ घण्टा निलम्बनमा राखिएको हो । यो अवधिमा विमानलाई मेडिकल्ली गर्नुपर्ने ट्रिटमेन्ट गरिने बताइएको छ । नेपाल एयरलाइन्सको वाइडबडीले मुख्य रुपमा भारतको दिल्ली, कतारको दोहा, जापान र दुबईमा उडान भरिरहेको छ ।

बस पनि ४८ घण्टे क्वारेन्टाइनमा
चीनको वुहान शहरबाट उद्धार गरिएका नेपालीलाई विमानस्थलदेखि खरिपाटीसम्म लैजान प्रयोग गरिएको बसलाई ४८ घण्टा क्वारेन्टाइनमा राखिएको छ । बसबाट भाइरस फैलन सक्ने भन्दै उनीहरुले प्रयोग गरेको सात वटा बसलाई क्वारेन्टाइनमा राखिएको हो । तर बस चालकलाई भने क्यारेन्टाइनमा राखिएको छैन । चालक सबैले सुरक्षित तरिका अपनाएको कारण डाक्टरको सल्लाह अनुसार क्यारेन्टाइनमा नराखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार बसका चालकहरु चीन नगएको र उनीहरुले विमानस्थल भित्र प्रवेश गर्नु अघिनै सुरक्षित तरिका अपनाएको कारण क्यारेन्टाइनमा नराखिएको हो ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार