free website hit counter

चीनबाट फर्काउने नेपालीलाई राख्ने ठाउँ सरकारले भेटेन

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौंं । अन्य देशका नागरिकलाई सम्बन्धित देशले आफ्नो देशमा लगिसके पनि नेपाली नागरिक भने अझै चीनबाट उद्दारको लागि अनुनय गरिरहेका छन् । नेपाल सरकारले उनीहरुको उद्दारका लागि प्रयास जारी रहेको बताए पनि कहिले ल्याउने भन्ने निश्चित भइसकेको छैन । चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने भएको छ ।

नेपाल फर्किनका लागि लगभग २ सय नेपालीले आवेदन दिएको बताइएको छ । फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने गर्ने र परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने बताइएको छ । उता, चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन कम्तीमा दुई दिन लाग्ने सरकारले बताएको छ । उनीहरुलाई ल्याएर राख्ने सुरक्षित ठाउँको तयारी गरी स्वदेश फर्काउन दुई दिन लाग्ने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले पाँच जना विज्ञको टोलीले शनिबारदेखि सुरक्षाका लागि निगरानीमा राख्न सम्भावित ठाउँहरू खोजेको जनाएका छन् ।

मन्त्रालयले नेपाली सेनाको नवनिर्मित भवन, आर्मी ब्यारेक, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हल, इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको आवास, स्टाफ कलेज, भक्तपुरको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल परिसर, बोडेस्थित कृषि तालिम केन्द्रमध्ये एक ठाउँमा राख्ने तयारी गरेको प्रवक्ता क्षेष्ठले बताए।

सामान्यतया कोरोना भाइरस संक्रमणको लक्षण दुई हप्तापछि देखापर्ने मानिन्छ । त्यसैले चीनबाट उद्दार गरिने विद्यार्थीलाई दुई हप्तासम्म ‘क्वारेन्टाइन’मा राख्न लागिएको हो ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार