free website hit counter

चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमै राख्ने निर्णय

beemaadmin
२०७६ माघ २८, मंगलवार

काठमाडौं । स्थानीयको चौतर्फी विरोधकाबीच कोरोना भाइरसको महामारीबाट प्रभावित चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राख्ने निश्चित भएको छ । त्यसका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको पनि बताए । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले चाँडै चीनबाट नेपालीहरुलाई स्वदेश फर्काइने समेत जानकारी दिएका हुन् ।
पहिलो चरणमा १ सय ८५ जनालाई स्वदेश ल्याइन लागिएको मन्त्री ढकालको भनाइ छ । यद्यपि, चीनमा रहेका नेपालीलाई कहिले स्वदेश ल्याउने मिति भने निश्चित भइसकेको छैन ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार