free website hit counter

चीनले विशेषज्ञको टोली इटाली पठायो

beemaadmin
२०७६ फाल्गुन २८, बुधबार

एजेन्सी । कोरोनासँगको युद्धमा विजयी बनेको छिमेकी मुलुक चीनले महामारीविरुद्ध लड्न इटालीमा एक विशेषज्ञको टोली पठाएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङले कोरोना संक्रमणको उद्गमस्थल बुहान प्रान्तको भ्रमणका बेला विश्वलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफूहरु तयार रहेको बताएको भोलिपल्ट इटालीलाई सहयोग पुर्याउन चिकित्सा टोली पठाएको बताइएको छ । रेडक्रस सोसाइटी चीनका उपाध्याक्ष र चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका एक विशेषज्ञको नेतृत्वमा टोली इटाली गएको हो । सिचुआन प्रान्तका अन्य पाँच विशेषज्ञहरु पनि यो टोलीमा छन् । चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश इटाली हो । यहाँ १० हजारभन्दा बढी मानिसमा संक्रमण देखिइसकेको छ भने ६ सय ३१ को मृत्यु भइसकेको छ । मंगलबारमात्रै १ सय ६८ जनाको मृत्यु भएको इटालीका अधिकारीले जनाएका छन् । अहिलेसम्म १ हजार ४ जना मानिसहरु संक्रमणबाट निको भइसकेका छन् । मंगलबारसम्म इटालीका धेरै सहर बन्द भएका छन् । रोमका केही रेस्टुरेन्ट र बारहरु खुले पनि त्यहाँ थोरै संख्यामा मात्र पर्यटकहरु देखिन्थे । प्रधानमन्त्री ग्युसेप कोन्टले नागरिकहरुलाई घरमै बस्न आग्रह गरेका छन् । व्यायामशाला, सिनेमाघर, स्विमिङ पुल र विद्यालयहरु बन्द गरिएका छन् भने देशभर हुने खेलकुद प्रतियोगिता रोकिएका छन् तर सार्वजनिक यातायात भने बन्द गरिएको छैन । इटालीका आपतकालीन आयुक्त एन्गेलो बोरेलीका अनुसार कोरोना भाइरसबाट धेरै उमेर समूहका मानिसका लागि घातक देखिएको छ । अहिले मृत्यु भएका धेरैजसो मानिसमा पहिलेदेखि नै स्वास्थ्य समस्या रहेको थियो । जसमा ७७ प्रतिशत मृत्यु ७० देखि ८९ वर्षसम्मका छन्, १० प्रतिशत मानिस ५० देखि ६९ सम्मका रहेका छन् भने बाँकी ९० वर्षभन्दा माथिका रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार