free website hit counter

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ बाट चुनाव जित्नेमा ढुक्क बनेका छन् । प्रारम्भिक मतगणनामै एमाले उम्मेदवार केपी ओलीलाई दोब्बरभन्दा बढी मतले पछि पारेपछि उनको जित निश्चितप्राय देखिएको छ । बालेन अहिले झापा जाँदै छन् । उनी त्रिभुवन विमानस्थलबाट हवाइजहाजमार्फत झापा जान लागेका हुन् । उनी हिजो नै झापाका लागि प्रस्थान गरेका थिए, तर बीचबाट फर्किनुपर्यो । बालेनलाई लिएर उडेको हेलिकोप्टर झापामा ल्यान्ड नभइ काठमाडौं फिर्ता भएको थियो । बालेन आज भने नियमित उडानमार्फत जान लागेका हुन् । उनी अहिले त्रिभुवन विमानस्थलमा जहाजको पर्खाइमा छन् । चुनाव जितेर झापामा नै विजयोत्सव मनाउने उनको तयारी छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार