free website hit counter

चैतसम्म निर्जीवन बीमकले ३६ अर्बभन्दा बढी बीमा शुल्क संकलन

beemaadmin
२०८३ बैशाख १०, बिहीबार

काठमाडौं – चालु आर्थिक वर्षको चैतसम्म निर्जीवन बीमा कम्पनीहरूले ३६ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार, कम्पनीहरूले ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँभन्दा बढीको व्यापार गरेका छन्।

प्राधिकरणका अनुसार चैत महिनामा मात्रै सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ८७ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने कम्पनीहरूले २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए।

चैतसम्ममा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीले ४ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ। त्यसैगरी, सगरमाथा इन्स्योरेन्स ३ अर्ब ८३ करोड रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब ७४ करोड रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ।

त्यसैगरी, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स र आइजीआई प्रुडेन्सियलले जनही ३ अर्ब १२ करोड रुपैयाँ आर्जन गरेका छन्। एनएलजी इन्स्योरेन्सले ३ अर्ब १ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड र युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

यसैगरी, ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड, सानिमा जिआईसीले २ अर्ब ८ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड र नेशनल इन्स्योरेन्सले ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

सम्बन्धित समाचार