free website hit counter

छोरीको सुरक्षाका लागि प्रदेश २ को अर्को प्रयास

beemaadmin
२०७६ माघ २१, मंगलवार

जनकपुरधाम । छोरीको शिक्षा र सुरक्षाको लागि प्रदेश २ सरकारले थालेको बेटी बचाउ, बेटी पढाउ अभियानले १५ हजार बढी छोरीहरुको बीमा गरिसकिएको छ । एक लाखबाट बीमांक रकम ३ लाख बनाएको प्रदेश २ सरकारले सरकारले छोरीलाई नै लक्षित गरी अर्को अभियान प्रारम्भ गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले ल्याएको यो अभियानको मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे । अभियान अन्तर्गत छोरीहरुलाई सुरक्षित रहन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने, महिला हिंसाविरुद्धको ऐन कानूनबारे जानकारी गराउँदै परिवारमा छोरीलाई मजबुत बनाउने वातावरण तयार गर्न आह्वान गरिनेछ ।
यो अभियान अन्तर्गत सचेतनामूलक सन्देश उत्पादन तथा प्रसारण, मी टु अभियान, विद्यालय पाठ्क्रममा लैंगिक हिंसाका विषयहरू समावेश गर्ने र लैगिक हिंसा निवारण कोषको व्यवस्था गरिनेछ । यस्तै, प्रदेशको प्रत्येक विद्यालयमा आत्मरक्षाका निम्ति छोरीहरुलाई प्रशिक्षण समेत दिइनेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार