free website hit counter

छोरीलाई १० लाखको बीमा पोलिसी जन्मदिनको उपहार

beemaadmin
२०७७ मंसिर २३, मंगलवार

काठमाडौं । नेपालीहरुमा बीमा गर्ने संस्कारको विकास हुँदै गएको छ । जन्मदिन, विवाह उत्सव जस्ता पर्वहरुमा बीमा पोलिसी उपहार दिने क्रम बढ्दो छ ।

यसैक्रममा काठमाडौ बल्खु निबासी सन्जिब कुमार श्रेष्ठले आफ्नो छोरी समृना श्रेष्ठको जनमदिनको अवसर पारेर सन नेपाल लाइफ इन्स्योरेन्सको १० लाख रुपैयाँको बीमा पोलिसी उपचार दिएका छन् ।

श्रेष्ठले आफ्नी छोरीलाई बार्षिक रुपमा धन फिर्ता हुने धनन्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमामा पोलिसी उपहार दिएको कम्पनीका चावहिल उपशाखा प्रमुख तेजेन्द्र सुवेदीले जानकारी दिएका छन् ।
श्रेष्ठले छोरीलाई बीमा पोलिसी उपहार दिँदै श्रेष्ठले छोरीको लागि बचत गर्न उत्साह मिलोस भनेर जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिइएको बताएका छन् ।

सम्बन्धित समाचार