free website hit counter

जंगी स्वभावका सहसचिव लखेटिएको लखेटियै

beemaadmin
२०७७ असार २१, आईतवार

काठमाडौं । सामान्यतया सहसचिवहरुको सरुवा एक वर्षमा हुने गर्दछ । तर नेपालमा यस्ता सहसचिव छन् जसको सरुवा बिरालोको न्याउरो सारे जस्तो तीन तीन महिनामा हुन्छ । यस्ता पात्र हुन् सहसचिव शिवराम न्यौपाने । उनी सरुवा भएको स्थानमा मुस्किलले तीन महिना मात्रै टिक्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तीन महिनामै सरुवामा परे । त्यहाँ पनि तीन महिना कटाउन सकेनन् । फेरि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भयो । मन्त्रालयमा तीन महिना पनि टिक्न नसकेका न्यौपानेलाई राजनीतिक आस्थाका आधारमा त्यसबेलाको मन्त्रालयको नेतृत्वले उद्योग विभागको महानिर्देशकको जिम्मेवारी समेत दियो । महानिर्देशक पदमा पनि मुस्किलले तीन महिना बिताउन नपाएका न्यौपानेलाई पुनः अख्तियारमा सरुवा गरियो । अख्तियारबाट पनि त्यही हाराहारीमा कामकाज गरेका न्यौपानेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भए । सो मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी सम्हालेका न्यौपानेलाई करिब तीन महिनाकै हाराहरीमा वन तथा भू संरक्षण मन्त्रालयमा सरुवा गरियो । त्यहाँबाट महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा लकडाउन शुरु हुनु केही अघिमात्रै पुगेका न्यौपाने अहिलेको सरुवामा रक्षा मन्त्रालय पुगेका छन् । उनी पटक पटक सरुवामा पर्नुमा मन्त्रालयको नेतृत्व र मातहतका कर्मचारीले उनको व्यवहार मन नपराउनु नै हो । जंगी शैली अपनाउने न्यौपाने अहिले सेनाको समन्वय गर्ने रक्षा मन्त्रालयमा पुग्नुलाई उनको स्वभावअनुसारको जिम्मेवारी दिएको अर्थको रुपमा प्रशासन वृत्तमा चर्चा चलेको छ । यस्तै प्रकृतिका सहसचिव थिए, मधुसुदन बुर्लाकोटी । उनी पनि मुस्किलले तीन देखि पाँच महिनामा सरुवामा परिरहन्थे । उनी अहिले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालबाट प्रदेश प्रमुखको कार्यालय बागमतीमा कार्यरत छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार