free website hit counter

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड दुवैतिर निःशुल्क

beemaadmin
२०७६ मंसिर ४, बुधबार

काठमाडौं । जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक एक आपसमा मर्जर हुने भएपछि दुवै बैंकका कार्ड दुवै बैंकका एटिएममा प्रयोग गर्दा अतिरिक्त शुल्न नलाग्ने भएको छ । मर्जर सम्बन्धि प्रस्ताब २०७६ मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट पारित भइसकेको छ । मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ । मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहकहरुको सुविधाका लागि यीदुबै बैंकहरुबाट जारी गरिएका कार्डहरु यीदुबै बैंकहरुका कुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।
मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेड मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थित हुनेगरी तयारी भरहेकोछ । करिव ३ सय भन्दा बढी शाखा सञ्जाल, ३२ सय कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जरपश्चात बन्ने ग्लोबल आइएमई बैंक चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास बैंकले गरेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार