free website hit counter

जनरल इन्स्योरेन्सको नाफा १ करोड ४० लाख

beemaadmin
२०७६ माघ २८, मंगलवार

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही समयको तुलनामा ११ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा इन्स्योरेन्सले ५ करोड १६ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो। यस अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबाट ४ करोड २६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ९३ लाख रुपैयाँ आम्दानी गरेको छ।

Advertisement
Advertisement

चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ४७ लाख, बीमा कोषमा ३ करोड ८५ लाख र महाविपत्ती जगेडा कोषमा ३९ लाख रुपैयाँ सञ्चित छ।

Advertisement
Advertisement

यस अवधिसम्ममा इन्स्योरेन्सले कुल २८ हजार ६२७ बीमालेख जारी गरी २९ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको १८५ बीमालेख नविकरण भएका छन्। कम्पनीले कुल ५८३ दाबी बापत ७ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४३५ दाबी बापतको ५ करोड १८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

सम्बन्धित समाचार