free website hit counter

जलविद्युतमा कर्जा प्रवाह गर्दै बैंक अफ काठमाडौं

beemaadmin
२०७६ माघ १६, बिहीबार

काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेड र अरुण भ्याली जलविद्युत बिकास कम्पनीबीच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने  सम्झौता भएको छ।

९.९४ मेगावट क्षमताको काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९७ करोड रहेको छ । अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेडले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाडौं लिमिटेडको अगुवाइ रहेको उक्त सहवित्तियकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक लिमिटेड रहेको छ ।

अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेडले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ ।  उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डू लिमिटेडले नै सहवित्तियकरण कर्जाको अगुवाइ गरेको थियो । उक्त पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०६० असोज १ देखि नै सञ्चालनमा आईसकेको छ ।

उक्त आयोजनामा रहेको बैंकको सहवित्तियकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको छ । साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस काबेली बी वान कास्केड जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार