free website hit counter

जसले आत्महत्या गर्न जाँदा पनि तीन जनालाई घाइते बनाए

beemaadmin
२०७६ चैत्र १, शनिबार

जापान । एक जना व्यक्तिले आफू आत्महत्या गरेर संसार छाड्नै लाग्दा पनि तीन जना व्यक्तिलाई घाइते बनाएका छन् । जापान कावासाकी खानागावामा एक्सप्रेस रेलको लिगमा आत्महत्या गर्न हामफाल्ने एक व्यक्तिले तीनजना यात्रुलाई रेलको लिगमा लडाएर घाईते बनाएका हुन् । जापानको केईयो सागामिहारा लाईनको रेल लिगमा भएको उक्त घटनामा आत्महत्या गर्न लिगमा फालहाल्ने व्यक्तिको घटनास्थलमै निधन भएको थियो । सेन्केई सिम्बुनमा प्रकाशित समाचार अनुसार आत्महत्या गरेका व्यक्तिले रेलकुर्न बसेका यात्रुलाई ठेलेर रेलको लिगमा खसालिएर आफुपनि हामफालेका थिए । उक्त घटनामा ४० बर्षका एक व्यक्तिको तिघ्राको भाग भाँचिन पुगेको छ । यस्तै २० बर्षका युवाको खुट्टामा चोट लागेको तथा ६० बर्षिय महिलाको अनुहारमा घाउ लागेको छ ।
घटनामा रेल आकस्मिक रुपमा रोक्दा रेलका २० बर्षिय चालकको रेलको अघिल्लो भागमा टाउको ठोक्किन पुग्दा अनुहारमा चोट लागेको छ । सागामिहारामा बस्दै आएका ती व्यक्तिको आत्महत्याको कारण थाहा हुन नसकेको उनले लेखेको कुनै सुसाइड नोट पनि अहिलेसम्म फेला नपरेको प्रहरीले बताएको छ । उक्त घटनाका कारण सो लाईनमा चल्ने रेलसेवा १ घण्टा अवरुद्ध हुन पुगेको जेआर रेल कम्पनीले जनाएको छ । (एजेन्सी)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार