free website hit counter

जापानमा कोरोना सङ्क्रमितको संख्या १३५ पुग्यो

beemaadmin
२०७६ माघ २८, मंगलवार

टोकियो । मित्रराष्ट चीनलाई आतंकित बनाएको कोरोना भाइरसले नेपालीहरुको बाक्लो उपस्थिति रहेको जापानलाई पनि सताउन थालेको छ । जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको हो ।

अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको बताइएको छ । पछिल्लो पटक शंका लागेका कुल १०३ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ६५ जनाका सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुको भनाई छ ।

कोरोना सङ्क्रमित हुनेहरु कुन देशका नागरिक हुन भन्नेबारेमा खुलाइएको छैन । उनीहरुको परीक्षण अझै पनि जारी रहेको वक्तव्यमा उल्लेख गरिएको छ । पानी जहाजका कर्मचारीहरूले भने ६६ जनामा भाइरसको सङ्क्रमण भएको र उनीहरुमध्ये अधिकांश जापानका नागरिक भएको बताएका छन् । कर्मचारीहरूका अनुसार जापान बाहेक अष्ट्रेलिया, फिलिपिन्स, क्यानडा, बेलायत र युक्रेनका नागरिकहरू पनि रहेका छन्।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार