free website hit counter

जापानमा १६ जनाले ज्यान गुमाँदा १२ सय २९ संक्रमित

beemaadmin
२०७६ फाल्गुन २७, मंगलवार

टोकियो । जापानमा कोरोना भाईरस संक्रमणको तर उच्च रहेको छ । अहिलेसम्म संक्रमितको संख्या बढेर १२ सय २९ पुगेको छ भने १६ जनाले ज्यान गुमाएका छन् यसैगरी ६१ जना चिन्ताजनक अवस्थामा रहेका छन् ।
सोमबार २८ जना संक्रमित थपिएपछि संक्रमितहरुको संख्या बढेको हो । मंगलबार बिहान ८ बजेसम्ममा भाईरसबाट संक्रमित १६ जनाले ज्यान गुमाउँदा ६१ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । संक्रमित मध्ये ७ सय ११ जना डाईमण्ड प्रिन्सेस पानी जहाँजका यात्री हुन् । तर यस मध्ये ७ जनाले ज्यान गुमाईसकेका छन् । यसैगरि चिनको हुवेई प्रान्तबाट बिमान चार्टर गरि ल्याईएका जापानी मध्ये १४ जनालाई कोरोना संक्रमण भएको छ । ६१ जना उपचाररत संक्रमितको अवस्था गम्भिर रहेको र स्वास्थयमा सुधार हुन नसकेको अधिकारीहरुले बताएका छन् । कोरोना भाईरसको संक्रमण भएका ३ सय ११ जनामा स्वास्थ्य सुधारोन्मुक रहेको र ५७ जना उपचारपछि स्वास्थ्यलाभ गरेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार