free website hit counter

जितपुरमा सिभिल बैंक शाखा

beemaadmin
२०७६ फाल्गुन १, बिहीबार

सिमरा । शाखा सञ्जाल विस्तारको अभियानमा रहेको सिभिल बैंकले जितपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंक शाखाको नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजनबिकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्णप्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरे ।

देशकै विकासोन्मुख शहरहरु मध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिक्रम थापाले देशको आर्थिक विकास बैंकहरुको सहभागिता बीना हुन नसकिने भएकोले सिभिल बैंकको जीतपुरमा शाखा बिस्तार हुँदा यस क्षेत्रको बित्तीय गतिबिधिमा टेवा पुग्ने बताए ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्णप्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खुलेकोमा खुसी व्यक्त गर्दै बैंक प्रति कृतज्ञता ज्ञापन गरे । साथै सिभिल बैंकले यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउने कुरामा विश्वास व्यक्त गरे ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगीक नगरी विरगन्जसँग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरु रहेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बताए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार