free website hit counter

जिप दुर्घटनामा ज्यान गुमाएका कर्मचारीको शव परिवारलाई बुझाइयो

beemaadmin
२०७८ बैशाख ३, शुक्रबार

काठमाडौं।। जीप दुर्घटनामा ज्यान गुमाएका जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको शव जिल्ला प्रशासनको परिसरमा श्रद्धाञ्जली पछि परिवारलाई बुझाइएको छ । बुधबार लु १ज १६५५ नम्वरको जिप स्वर्गद्धारी नगरपालिका वडा नम्वर तीन रुमालेमा दुर्घटना हुँदा प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्धा शाखाका खरिदार इश्वरी भण्डारी, नागरिकता फाँटका खरिदार यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको थियो भने दुर्घटनामा परि घाइते भएका ७ जनाको काठमाडौँको छाउनी अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

बिहीबार दिउँसो मृतकहरुको शवलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको परिसरमा राखी श्रद्धाञ्जली अर्पण गरेपश्चात् शवलाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

Advertisement
Advertisement

प्रशासकीय अधिकृत श्याम न्यौपानेको शवलाई भने प्युठानबाटै आफन्तको जिम्मा लगाइएको थियो। श्रद्धाञ्जली दिनका लागि सर्वसाधरणदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुको उपस्थिति थियो। प्रशासकीय अधिकृतसहित चार जना कर्मचारीको जिप दुर्घटनामा मृत्यु भएपश्चात बिहीबार जिल्ला प्रशासन कार्यालय पूर्णरूपमा बन्द रहेको थियो। जिल्ला प्रशासन कार्यालय र गुल्मी नै शोकमा रहेकाले मृतकको शोक स्मृतिमा प्रशासन एक दिन बिहीबार पुर्ण रुपमा बन्द रहेको प्रशासकीय अधिकृत उद्धब पन्थीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार