free website hit counter

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च गुहार्ने तयारी

beemaadmin
२०७९ भाद्र २२, बुधबार

काठमाडौं । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध पल शाहले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा अढाई वर्ष कैदको फैसला गरेपछि उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका हुन्। पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन र २५ हजार रुपैयाँ जरिवाना तिराउन पनि जिल्ला अदालतको फैसला छ। फैसलापछि पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले फैसला चित्त बुझ्दो नभएको बताउँदै पूर्णपाठ आउनासाथ उच्च अदालतमा जाने बताए। उच्च अदालतमा पल शाहलाई पूर्ण सफाइको माग गर्ने वाग्लेले बताए। ‘यो फैसला न्यायसंगत छैन। पल शाहले पनि मैले करणी गरेकै छैन भनेका छन्। पीडित भनिएका नाबालिगले पनि मसँग पल शाहले करणी नै गरेका छैनन्। हाम्रो बीचमा त्यस्तो सम्बन्ध नै छैन भनिसकेकी छन्।
‘कसुर नै गरेको होइन भने कसरी बाल यौन दुरुपयोगमा सजाय गर्न मिल्छरु फेरि पीडितले मलाई करणी गरेको होइन भनेकी छन्। संवेदनशील अंगमा छुने, करणीको प्रयास गरेको पनि भनेकी छैनन्। यसअघि दुवै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पनि पल शाहले उच्च अदालतमा निवेदन गरेका थिए। तर उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार