free website hit counter

जीवन बीमा व्यवसायमा बागमतीलाई पछ्याउँदै लुम्बिनी

beemaadmin
२०८० श्रावण २७, शनिबार

काठमाण्डौ । बीमा चेतना वृद्धिसँगै बीमाको पहुँच बढ्दै गएको छ । झण्डै ४५ प्रतिशत मानिस बीमाको पहुँचमा पुगेका छन् । अहिले बीमा व्यवसाय अर्थतन्त्रमा ठूलै टेवा दिने अवस्थामा पुगेको छ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी प्रिमियम कलेक्सन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले सातै प्रदेशबाट विभिन्न बीमालेख बिक्रीमार्फत झन्डै डेढ खर्ब प्रिमियम संकलन गरेका हुन्। सबैभन्दा बढी बागमती प्रदेशबाट मात्रै ६३ अर्ब ९ करोड ३४ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ। त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट २१ अर्ब १९ करोड ३२ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ। यसका साथै कोशी प्रदेशबाट १७ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १४ अर्ब २२ करोड ९१ लाख रुपैयाँ, मधेश प्रदेशबाट १३ अर्ब १५ करोड ९९ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ७ अर्ब ५५ करोड १४ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ। जीवन बीमा कम्पनीहरुले सातै प्रदेशबाट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरित जीवन बीमा, बालबच्चासम्बन्धी सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा, आजीवन जीवन बीमा, एकल बीमा शुल्क जीवन बीमा, म्यादी जीवन बीमा र लघु जीवन बीमा पोलिसीमार्फत व्यवसाय गरिरहेका छन्। सबैभन्दा बढी सावधिक जीवन बीमा पोलिसीमार्फत ५५ अर्ब ४४ करोड ३ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ। दोस्रोमा अग्रिम भुक्तानी सावधिक जीवन बीमा पोलिसीमार्फत ३३ अर्ब ४५ करोड एक लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ। त्यस्तै बालबच्चासम्बन्धी सावधिक जीवन बीमा पोलिसीमार्फत २१ अर्ब ४८ करोड रुपैयाँ, रुपान्तरित सावधिक जीवन बीमा पोलिसीमार्पmत १९ अर्ब ८ करोड रुपैयाँ, आजीवन जीवन बीमालेखबाट ४ अर्ब ४८ करोड रुपैयाँ, वैदेशिक रोजगार म्यादी जीवन बीमोलखबाट ३ अर्ब २१ करोड रुपैयाँ, लघु जीवन बीमालेखबाट २ अर्ब ४३ करोड रुपैयाँ, एकल बीमा शुल्क जीवन बीमालेखबाट १ अर्ब ३७ करोड रुपैयाँ र म्यादी जीवन बीमालेखबाट १ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम कलेक्सन भएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार